मेरिङदेनको पहिचान समृद्धीको अभियान

पहिचान र समृद्धी

header AD
संक्षिप्त विवरण

मेरिङदेन गाउँपालिका

मेरिङदेन गाउँपालिका पूर्वी नेपालको कोशी प्रदेश अन्तर्गत ताप्लेजुङ जिल्लाको उत्तर-पश्चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । अधिकांश लिम्बु समुदायको बसोबास रहेको यस गाउँपालिकाको नामाकरण पनि लिम्बु भाषाबाटै गरिएको हो । जसको शाब्दिक अर्थ ‘मेरिङ’ भन्नाले दुःख/ पीडा/ वेदना र ‘देन’ भन्नाले ठाउँलाई बुझाउँछ ।

नेपाल सरकारले वि. सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत ७४४ स्थानिय तह लागू गर्दा ताप्लेजुङ जिल्ला स्थित साविकको थिङलाबु, सान्थाक्रा, खाम्लुङ, लिङतेप, थुकिमा तथा नाल्बु गाउँ विकास समितिहरुलाई समेटी सिङ्गो मेरिङदेन गाउँपालिका बनाईएको हो । थिङलाबु, सान्थाक्रा, खाम्लुङ, लिङतेप, थुकिमा र नाल्बु गरी यस गाउँपालिकामा ६वटा वडाहरु रहेका छन् । मेरिङदेन गाउँपालिकाको सिमाना पूर्वमा फुङलिङ नगरपालिका र मिक्‍वाखोला गाउँपालिका, पश्चिममा संखुवासभा जिल्ला, उत्तरमा मिक्वाखोला गाउँपालिका एवं दक्षिणमा मैवाखोला गाउँपालिका सम्म फैलिएको छ । कूल २१०.३३ वर्ग कि. मी. क्षेत्रफल रहेको यस मेरिङदेन गाउँपालिकामा वि.स. २०७८ को राष्ट्रिय जनगणना तथ्याङ्क अनुसार २,६६२ घरधुरी रहेका छन् । मेरिङदेन गाउँपालिकाको कूल जनसङ्ख्या ११,८३८ रहेको छ । जसमा महिलाको सङ्ख्या ५,९७९ र पूरुषको सङ्ख्या ५,८५९ रहेको छ ।  ५१.१ प्रतिशत लिम्बु, ३५.१ प्रतिशत शेर्पा, ३.३ प्रतिशत विश्वकर्मा र १०.५ प्रतिशत अन्य जातिहरुको बसोबास रहेको छ ।

आधारभूत जानकारी
Koshi
Taplejung
गाउँपालिका
210.33 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 11838
Male 5859
Female 5979
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website -
Map coordinates not available